कोरोनाका कारण यी सेलिब्रेटीको रोकियो विवाह

 जेठ ०८, २०७८

वर्ष २०२० मा कोरोना कहरका कारण कयौं सेलिब्रेटीको विवाह रोकिएको थियो । त्यो समय उनीहरुले सोचेका थिए, २०२१ मा विवाह भैहाल्छ । २०२१ मा पनि कोरोनाको दोस्रो लहर आयो । सोही कारण पनि सेलिब्रेटीको फेरि विवाह रोकियो । कोरोनाका कारण विवाह रोकिएका सेलिब्रेटी जसको चर्चा अहिले गर्न खोजिएको छ ।

रणवीर र आलिया

२०२१ को सुरुवातमा रणवीर र आलियाको विवाह हुने खबर फैलिएको थियो । दुबै परिवार एकसाथ छुट्टी मनाउन रणथम्भौर पुगेका थिए । त्यो समय उनीहरु बिवाहका लागि त्यहाँ पुगेको हल्ला समेत चलेको थियो । २०२१ मा उनीहरु विवाह बन्धनमा बाँधिने अनुमान गरियो । एक अन्तवार्तामा रणवीरले भनेका थिए ‘यदि कोरोना नआएको भए २०२० मा म आलियासँग विवाह गरिसकेको हुन्थे ।’

ऋचा र अली

ऋचा चढ्डा र अली फजल अप्रिल २०२० मा विवाह गर्ने तयारी थिए । कोरोनाको कारण लकडाउन गरिएकोले विवाह रोकियो । यसको अलवा अलीको आमाको समेत निधन भयो । त्यसकारण पनि दुवैको विवाह हुन पाएन । दुवैले २०२१ मा विवाह गर्ने बताइएको छ । तर कोरोनाको कारण विवाहको योजना बन्न सकेको छैन ।

दिशा र राहुल

‘विग बास १४’ प्रतियोगी राहुुल वैद्यले प्रेमिका दिशा परमारलाई शोमै विवाह प्रस्ताव गरेका थिए । शो सकिने वितिक्कै उनी विवाह गर्न चाहन्थे । तर कोरोनाको दोस्रो लहरका कारण प्लान सफल हुन सकेन ।

मनुषी

टिभी सीरियल ‘जस्ट मोहब्बत’ मे बालकलाकारको रुपमा काम गरेकी मनुषी खटवानी अहिले चर्चित ज्योतिष बनेकी छन् । मनुषी २०२१ को मे महिनामा ब्वाइफ्रेण्ड समीर ठाकुरसँग विवाह गर्ने तयारीमा थिइन् । कोरोनाका कारण विवाह सरेको छ ।

सायंतनी

टेलिभिजन अभिनेत्री सायंतनी घोषको विवाह दुई पटक सरिसकेको छ । उनी आफ्नो ब्वाइफ्रेण्ड अनुगै्रह तिवारीसँग नेभेम्बर २०२० मा विवाह गर्ने तयारीमा थिइन् । कोरोनाका कारण विवाह हुन भने पाएन । घोषले फेरि २०२१ जुनमा विवाह प्लान गरेकी थिइन् । कोरोनाको दोस्रो लहरले त्यो पनि रोकिएको छ ।

तपाईंको प्रतिक्रिया