कृषी यन्त्र पाउँदा किसान खुसी

 जेठ २१, २०७८

तुलसीपुर ।
दाङको घोराही उपमहानगरपालिकाले ६७ जना किसानलाई विभिन्न कृषी यन्त्रहरु हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा उपमहानगरपालिकाले ६७ जना किसानहरुलाई विभिन्न कृषी यन्त्रहरु हस्तान्तरण गरेको हो । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र कृषी विकास शाखा प्रमुख चोपनाराण खनालले किसानहरुलाई विहिवार ति उपकरणहरु हस्तान्तरण गर्नुभएको हो ।

जस्मा १८ जनालाई पावर टेलर, ३० जनालाई मिनी पावर टेलर, १२ जनालाई पम्पसेट, ४ जनालाई पानी तान्ने मोटर, २ जनालाई रोटाभेटर र एक जनालाई धान काट्ने रिपर मेसीन हस्तान्तरण गरिएको हो । उपकरण पाएसगै किसानहरु खुसी भएका थिए । उक्त उपकरण खरीदमा उपमहानगरको ४९ लाख र लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैयाँ खर्च भएको शाखा प्रमुख खनालले बताउनुभयो ।

उपकरणहरु व्यवसायीकरुपमा सञ्चालन भएका फर्म तथा व्यक्तिगतरुपमा कृषि व्यवसाय गर्दै आएका किसानहरु रहेका छन् ।

तपाईंको प्रतिक्रिया