कोरोनाबाट थप एक पत्रकारको मृत्यु

 जेठ २७, २०७८

तुलसीपुर । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जना पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको आज बिहान मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुने पत्रकारको संख्या २० पुगेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय पत्रकार बास्तोलालाई पोखरास्थित रिजनल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको स्वास्थ्यमा थप समस्या देखिएपछि हिजो बुधबार पोखराकै चरक अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान ३ बजे निधन भएको हो ।

तपाईंको प्रतिक्रिया