आज ६ हजार २९५ जनाले कोरोना जिते

 जेठ २९, २०७८

तुलसीपुर ।
२४ घण्टामा आज ६ हजार २९५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमण भइ निको हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ८ हजार ५०६ पीसीआर परीक्षणमा २ हजार ३८२ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी, ५ हजार ९८८ एन्टिजेन परीक्षणमा १ हजार २ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ३८४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ ।

हालसम्म ३२ लाख ७ हजार २०८ पीसीआर परीक्षण गरिएको छ । सक्रिय सङ्क्रमितको संख्या ७१ हजार ३०१ र क्वारेन्टाइनमा ५५२ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया