बेलटाकुरा-दंगीशरण जोड्न पक्की पुल बन्ने

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा र दंगीशरण २ जोड्न बबई नदिमा पक्की पुल बन्ने भएको छ । बेलटाकुराको शवदाह स्थल देखि सिमलकुना जोड्न पक्की पुलको आवस्यकता रहेको स्थानियले बताउदै आएका थिए । सोहि अनुरुप राष्टिय सभा सदस्य कोमल ओलिको पहलमा संघीय सरकार भौतिक योजना मन्त्रालयबाट योजना परेको ओलीको सचिवालयले जनाएको छ ।

गतबर्ष स्थलगत अनुगमनमा जादा ओली पुल निर्माणका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो । पक्की पुल निर्माण हुने भएपछि स्थानियहरु खुसी भएका छन । नदिमा पुल नहुदा बर्षायामको समयमा आवत जावत रोकिने गरेको छ । पुल निर्माण भए हजारौं नागरीकलाई आवत जावतमा सहजता हुने एमाले नेता लोक जङ्ग शाहले बताउनुभयो ।
तपाईंको प्रतिक्रिया