कक्षा १२ को परीक्षा भदौमा गर्ने तयारी

 असार ०५, २०७८

काठमाण्डौ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आईनसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाको स्वरुपबारे निर्णय गरिने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा आफूहरू रहेको जानकारी दिँदै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिनुभयो ।

भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक स्वरुपमा हुने उहाँको भनाइ छ । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि परीक्षा लिने बोर्डको तयारी छ । कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ ।

तपाईंको प्रतिक्रिया