यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद

 साउन ०४, २०७८

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाले प्रधानमन्त्री नियुक्त भएको चार दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । देउवाले १६५ मत प्राप्त गरेका छन् । संसदमा उपस्थित २४९  मध्ये विपक्षमा ८३ र तठस्मा १ मत खसेकाे छ ।

नेकपा एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् । बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् । योगेश भट्टराई, गोकर्ण विष्ट र राजबहादुर बुढाबाहेक अरुले देउवाको पक्षमा हस्ताक्षर गरेर राष्ट्रपति र अदालत समक्ष गएका थिए ।

देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरु यस प्रकार छन् :

  • माधव नेपाल
  • विरोध खतिवडा
  • मेटमनि चौधरी
  • गोपाल बम
  • भवानि खापुङ
  • कलिा खातुन
  • मुकुन्द न्यौपाने
  • राम कुमारी झाक्रि
  • प्रेम आले
  • विनादेबि बुढाथोकी
  • किसान श्रेष्ठ
  • समिना हुसेन
  • कल्यानि खड्का
  • सरला यादव
  • धन बहादुर बुढा
  • लक्ष्मी चौधरी
  • जिवनराम श्रेष्ठ
  • पुष्पा कर्ण कायस्थ
  • निरा जैरु
  • पार्वति विसुंखे
  • हिराचन्द्र केसी
  • कृष्णलाल महर्जन

नेपाल प्रेसबाट

तपाईंको प्रतिक्रिया