पानीमा डुबेर बाँकेका तीन युवाको मृत्यु

 साउन ०७, २०७८

तुलसीपुर । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ । मुस्लिम समुदायको महान पर्व बकरइदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्न नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा मध्ये तीन जनाको मृत्यु भएको र दुई जनालाई प्रहरीले उद्धार गरेर बचाएको बाँके प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिभ जसगढ रहेका छन् । उनिहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेको डीएसपी खनालले बताए।

तपाईंको प्रतिक्रिया