महासंघको कार्यक्रममा प्रहरी हस्तक्षेप

तुलसीपुर । नेपाल शिक्षक महासंघको पूर्वनिर्धारित चौथो चरणको आजको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । महासंघको चरणबद्ध आन्दोलन अनुसार आज बालुवाटारमा धर्ना दिन जाँदै गरेका शिक्षकलाई बाटैबाट प्रहरीले नियन्त्रणमा लिएपछि शिक्षकको आजको कार्यक्रम् प्रभावित भएको महासंघले जनाएको छ । काठमाडौं, भक्तपुर, ललितपुिर, काभ्रे, धादिङ, नुवाकोट, बुटवलका एक हजार शिक्षक कर्मचारीको उपस्थितिमा बालुवाटारमा धर्ना दिन जाँदै गरेका तथा तयारी गरेर शिक्षक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएकााे गङ्गाराम तिवारीले बताए ।
तोकिएको ठाउँमा पुग्नु अगावै बाटैबाट प्रहरीले हस्तक्षेपपूर्ण ढंगले नियन्त्रणमा लिएर महानगरीय ट्राफिक वृत्त हाँडीगाउँमा राखेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जनमुखीलाई जानकारी दिए ।
यसैविच आन्दोलनमा प्रहरी हस्तक्षेपको विरोध भैरहेको छ । नेपाल विद्यालय कर्मचारी परीषद्का उपाध्यक्ष गोविन्द घर्तिले शिक्षक कर्मचारी माथि भएको यो घटनाको भ्रत्सना गर्दै तत्काल रिहाईको माग गर्नुभएको छ । विभिन्न मागहरु राखेर आन्दोलनमा उत्रिएको महासंघका माग सम्बोधन गर्नुको साटो सरकारले दमन गर्नु निन्दनिय भएको उपाध्यक्ष घर्तिद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएकोे छ ।
तपाईंको प्रतिक्रिया