तुलसीपुर–११ मा अपाङ्गता भएका व्यक्तिकालाई आत्मनिर्भर बनाउन बाख्रा वितरण

 १२ घण्टा अगाडि

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ मा अपाङ्गता भएका ग र घ समूहका व्यक्तिहरूलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले वडाको तर्फबाट बाख्रा वितरण गरिएको छ।

वडाले यस बर्ष सञ्चालन गरेको कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने तथा आर्थिक अवस्था सुधार गर्ने लक्ष्यसहित १० जनालाइ बाख्रा वितरण गरिएको वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिए।

वडा अध्यक्ष रावतले गत वर्ष पनि यस्तै कार्यक्रममार्फत बाख्रा वितरण गरिएको स्मरण गर्दै यसबाट धेरै परिवारलाई टेवा पुगेको बताए।  बाख्रापालनमार्फत घरमै बसेर आम्दानी गर्न सकिने भएकाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।

स्थानीयले अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बन्न सहयोग पुगेको भन्दै खुशी व्यक्त गरेका छन्। त्यस अवसरमा वडा सदस्यहरु यज्ञ बहादुर बस्नेत,प्रभा परियार,कमला चौधरि,तिलक थारुकाे उपस्थिति थियाे । कार्यक्रमकाे सञ्चालन वडा सचिव पदम कुमार भण्डारिले गरेका थिए |

तपाईंको प्रतिक्रिया