एसईई नतिजा: दाङको पालिकागत अवस्था सार्वजनिक

 २० घण्टा अगाडि

दाङ  । एसईई नतिजा अन्र्तगत समग्र दाङको पालिकागत अवस्था सार्वजनिक भएको छ । शिक्षा विकास तथा समन्वय इकाई दाङले माध्यमिक शिक्षा परीक्षा (एसईई) –२०८२ को स्थानीय तहगत नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार जिल्लाभर कुल ११ हजार ७ सय ४९ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ७ हजार २ सय ६४ जना अर्थात ६१ दशमलव ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

इकाईले सार्वजनिक गरेको विवरणअनुसार ४ हजार ४ सय ८५ विद्यार्थी अवर्गीकृत भएको समन्वय ईकाई प्रमुख देवमणि चौधरीले जानकारी दिए । स्थानीय तहगत रूपमा हेर्दा केही पालिकाको नतिजा सन्तोषजनक देखिएको छ भने केही पालिकामा अझै सुधार आवश्यक देखिएको छ । जिल्लाका सामुदायिक र संस्थागत विद्यालयबीचको नतिजामा पनि उल्लेखनीय अन्तर देखिएको छ।

नतिजा विवरणअनुसार तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा धेरै ७९.५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । दोस्रोमा शान्तीनगरको ७१.४६ र तेस्रोमा घोराहीले ६०.०८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन ।

तपाईंको प्रतिक्रिया