नयाँ पाठ्यक्रम बनाउँदै शिक्षक सेवा आयोग

 भदौ ०२, २०७८

काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले जानकारी दिए ।

त्यही कार्यतालिका अनुसार आयोगको अब हुने सबै कामहरु हुनेछ । आयोगले पूर्णता पाएसँगै आयोगले वार्षिक कार्यतालिका बनाउने, नियमावली संशोधन गर्ने, पाठ्यक्रम निर्माण लगायतको काममा जुटेको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया