तुलसीपुरमा सयपत्री दोहोरी घरको शुभारम्भ

 भदौ ०५, २०७८


तुलसीपुर । तुलसीपुर ५ रानीजरुवा स्थित स्वर्गद्धारी टोलमा सयपत्री दोहोरी घरको उदघाटन गरिएको छ । स्थानिय कला र प्रतिभालाई उजागर गदै लोक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ शनिवार एक कार्यक्रमका बिच दोहोरी घरको उद्घाटन गरिएको हो । दोहोरी घर संचालक दिपक वलीको अध्यक्षता एवं वडा अध्यक्ष बिरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सोहि अवसरमा बोल्दै वडा अध्यक्ष शाहले गित संगित भनेको आम नागरिकको सुखदुख विर्साउने क्षेत्र भएको हुदा लोक संस्कृतिलाई संरक्षण र जगेर्ना गर्न आबश्यक रहेको उहाले बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले दोहोरी गित बाट पनि लोक संस्कृतिलाई जगेर्ना गर्न मद्दत पुग्ने बताएका थिए । दोहोरि घरका व्यवस्थापक ईश्वर बिसिको स्वागत मन्तव्यबाट सुरु भएको. कार्यक्रममा दोहोरी घर संचालनका लागी सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको हो ।

कार्यक्रमको सहजीकरण मदन मुस्कानले गर्नु भएको थियो । दोहोरी घरले लुकेका प्रतिभालाइ बाहिर ल्याउने, गरिबदुखीको सहयोग गर्ने उद्देश्य रहेको संचालक वलीले जानकारी दिनुभयो । हरेक हप्ताको शनिवार दिउँसो १ बजे प्रत्यक्ष दोहोरी गित आयोजना हुने र सोमबार साँझ ६ बजे सयपत्री दोहोरी घरको युटुब च्यानलमा हेर्न सकिनेछ ।।

तपाईंको प्रतिक्रिया