‘कक्षा ६ देखि १२ सम्म अनलाईन कक्षा चलाएका छौं’

 भदौ ०९, २०७८

तुलसीपुर । सरकारले बालबालिकाहरुलाई बैकल्पिक शिक्षा मार्फत पठनपाठन गराउन भनेसगैं विद्यालयहरुले अनलाईन कक्षा संन्चालन गरेका छन् । सामुदायिक तथा निजी विद्यालयहरुले अनलाईन कक्षामा जोड दिएका छन । यसैक्रममा तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालयले पनि अनलाईन कक्षा मार्फत शिक्षण क्रियाकलाप अघि बढाएको बताएको छ ।

विद्यार्थीको अभिलेखीकरण गर्दै पाठ्यपुस्तक वितरण गरेर अनलाईन कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक पदम बहादुर वलीले बताउनुभयो । ‘सुरुमा कक्षा १० मा चलायौं विद्यार्थीको राम्रो उपस्थिती पायौं, अहिले क्रमश कक्षा ६ देखि १२ सम्म चलाएका छौं’ प्रधानाध्यापक वलीले भन्नुभयो । यसरी अनलाईन कक्षा चलाउदा माथिल्लो कक्षामा उपस्थिती राम्रै भएपनि तल्लो कक्षामा भने कम देखिएको उहाले बताउनुभयो । सबै विद्यार्थी अनलाईनको पहुचमा नभएको हुदा अनलाईन कक्षामा विद्यार्थीको उपस्थिती कम देखिएको उहाको भनाई छ ।

‘सबै संग एन्डोईन् मोवाईल हुदैन, डाटा किन्न सक्ने अवस्था पनि हुदैन जस्ले गर्दा विद्यार्थी अनलाईन जोडिन सकेको छैन’ – उहाले भन्नुभयो । अनलाईन कक्षाको एक महिनाको शिक्षक स्टापका विचमा समिक्षा गर्दै अघि बढ्ने उहाले बताउनुभयो । यद्यपी अलाइनको पहुचमा नभएका केहि विद्यार्थीहरुले सीयुजी सिम बाट विषय शिक्षकहरु सगं सम्पर्क गर्ने गरेका छन । तुलसीपुर उपमहानगरपालीकाले निशुल्क सीयुजी सीम उपलव्ध गराएको छ ।

उपमहानगरपालीकाले कक्षा ४ देखि १२ सम्मको लागी निशुल्क रुपमा सीम उपलव्ध गराएको शिक्षा अधिकृत चक्र बहादुर भण्डारीले बताउनुभयो । सोहि अनुसार अधिकाशं माध्यमिक विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरेको भण्डारीले बताउनुभयो । सीयुजी सीममा प्रत्येक महिनामा १२९ विद्यालयले जम्मा गर्ने गरि बजेट निकाशा भएको उहाले बताउनुभयो । जुन सीममा सीयुजी पाठशाला ८ जिवी सगैं थप १ जीवी डाटा र सीयुजी सीममा फोन गर्दा शुल्क लाग्दैन ।

तपाईंको प्रतिक्रिया