पेस्तोल सहित दुई भारतीय नागरीक पक्राउ

 साउन १९, २०७८

तुलसीपुर । दाङमा अटोमेटिक पेस्तोल सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतीय दुई नागरीक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो । उहाका अनुसार भारतको सिद्धार्थ नगरपञ्चायत बढनी वडा नम्बर ३ का २२ वर्षिय करमुल्लाह आमिर र सोही ठाउँ वडा नम्बर ८ का १९ वर्षिय राजा खान पक्राउ परेका छन् ।

उनीहरुको साथबाट सिलभर कलरको अटोमेटिक पेस्तोल एक थान, म्यागजीन २ थान, हतियारमा प्रयोग हुने गोली २ थान र ३ थान मोबाईल बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख काफ्लेले जानकारी जानकारी दिनुभयो ।

सोमबार जिल्ला प्रहरी कार्यालय दाङ र अस्थाई प्रहरी पोष्ट कालाकाटेको संयुक्त टोलीले गढवा गाउँपालिका वडा नम्बर १ जुरौलीमा चेकजाँच गर्नेक्रममा शंकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका विरुद्ध हातहतियार खरखजना सम्बन्धि मुद्धामा अनुसन्धान र कार्वाही प्रकृया अघि बढाईएको जानकारी दिईएको छ ।

तपाईंको प्रतिक्रिया