शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त

 साउन १९, २०७८

काठमााडौं । सरकारले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको नियमित बैठकले आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मी र सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनिहरुलाई आयोगमाा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी गराएका हुन् । करिव एक वर्षदेखि शिक्षक सेवा आयोग पदाधिकारी बिहिन भएको थियो ।

तपाईंको प्रतिक्रिया