साईकल लिदै किशोरीले भने- ‘समयको बचत हुनेभो’

 असोज ०५, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १२ कि लक्ष्मी रोका लाई उरहरी स्थीत विद्यालय पुग्न आधा घण्टासमय लाग्छ । जहिले पनि उनि हतार हतार विद्यालय पुग्ने गर्छिन । तर अव भने उनि सजिलै संग विद्यालय पुग्ने भएकि छिन । अमर माध्यमिक विद्यालयमा अध्ययनरत उनि आज साईकल पाउदा खुसी छिन । समय सगैं शारीरीक रुपमा श्वस्थ्य बन्न सहयोग पुग्ने भो उनले भनिन । तुलसीपुर उपमहानगरपालिकाले उनि जस्तै छोरीहरुलाई ५० वटा साईकल वितरण गरेपछि छात्राहरुमा खुसी छाएको छ ।

युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो । तुलसीपुरको मेट्रो कलेजमा भएका कार्यक्रममा यूएन डिपीका नेपाल प्रतिनिधी आयशनी मेडागन्गोटा लाबेले साईकल हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा यूएनडिपी प्रतिनिधी लाबेले साईकल वितरणले छोरीलाई समयमै स्कुलसम्म पुर्याउनका लागि सहयोग पुग्नुका साथै स्वास्थ्यमा पनि सहयोग पुग्ने बताउनुभयो । विश्वमा किशोरी अघि बढेका देशहरु मात्रै समृद्धिको बाटोमा अघि बढेको बताउँदै प्रतिनिधी लाबेले सहयोग गर्ने अवसरमा दिएको उपमहानगरपालिकालाई धन्यवाद समेत दिनुभयो ।

सोही कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई साईकल सिटीका रुपमा विकास गर्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका उप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एनसीएलका रमेश श्रेष्ठ, किशोरीको तर्फबाट सरिता पुन लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले गर्नुभएको थियो ।

पर्यावरणलाई जोगाउनुका साथै साईकल सिटीको विकास गर्ने र किशोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले उपमहानगरपालिकाले अघिल्लो बर्षदेखि किशोरीहरुलाई साईकल वितरण गर्दै आइरहेको छ । उपमहानगरपालिकाले अघिल्लो बर्ष महिला दिवसको अवसर पारेर एक सय बढी साईकल बितरण गरेको थियो ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा ८ देखि १२ कक्षासम्म अध्यन गर्ने र घरदेखि स्कुलको दुरी आधाघन्टा बढी भएकालाई सम्बन्धित विद्यालयको सिफारिसमा साईकल बितरण गर्ने गरिएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।।

तपाईंको प्रतिक्रिया