काठमाडौंमा आजदेखि मेला, महोत्सव तथा सभा–जुलुस गर्न रोक

 असोज १४, २०७८

काठमाडौं । जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज ९बिहीबार० राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ । अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।

तपाईंको प्रतिक्रिया