मोतीपुर-सरुवाडाडा जोड्ने झोलुङ्गे पुलको शिलान्यास हुदै

 असोज २०, २०७८

तुलसीपुर । मोतीपुर-दंगीशरण जोड्ने झोलुङ्गे पुलको शिलान्यास हुने भएको छ । तुलसीपुर उपमहानगरपालीका वडा न ११ को मोतीपुर र दंगिशरण गाउँ पालिकाको वडा न २ सरुवाडाडा जोड्न बबई नदिमा बन्न लागेको झोलुङ्गे पुलको शिलान्यास हुन लागेको हो । सघिंय सरकार बाट बिनियोजित उक्त झोलुङ्गे पुलको लागत ३ करोड ५५ लाख रहेको छ ।

भोली दिनको २ बजे राष्ट्रियसभा सदस्य कोमल ओलिले शिलान्यास गर्नु हुने भएको छ । पुल निर्माण हुने भएपछि स्थानियहरु खुसी भएका छन । नदिमा पुल नहुदा बर्षायामको समयमा आवत जावत रोकिने गरेको छ । राष्ट्रियसभा सदस्य ओलीको पहलमा पुल निर्माणको लागी आवस्यक बजेट विनियोजन भएको एमाले दाङ क्षेत्र नम्बर ३ का ईन्चार्ज मान बहादुर रावतले जानकारी दिएका छन । उक्त पुल ४ सय मिटर लामो हुने छ ।

तपाईंको प्रतिक्रिया