दाङमा १० जनामा कोरोना संक्रमण

 असोज २४, २०७८

दाङ । दाङमा आज थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर परिक्षण गर्दा ६ जना पुरुष र चार जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनेहरुमा घोराहीका ७ जना, तुलसीपुरका दुई जना र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज १२ जना कोरोना मुक्त भएका छन् ।

यसैगरी मुक्त हुनेमा राप्तीका ९ जना, लमही, शान्तिनगर र दंगीशरणका १/१ जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ६६ जना रहेको छ ।

तपाईंको प्रतिक्रिया