बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

 असोज २६, २०७८

नेपालगन्ज । बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्जस्थित सशस्त्र प्रहरी कार्यालयदेखि पश्चिममा रहेको परुवाखोला पुलमा हिँडिरहेका दुईजना महिलालाई हिजो साँझ ठक्कर दिएको थियो।

बसको ठक्करबाट एक जना महिला राप्तीसोनारी–८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

अर्की गम्भीर घाइते भएकी सोही ठाउँकी ३४ वर्षीया गीता थारुको उपचारका क्रममा गएराती नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया