एमाले १५ नम्बर वडा कमिटी यस्तो बन्यो

 कार्तिक ०७, २०७८

तुलसीपुर । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ को अध्यक्षमा रूपलाल चौधरी चयन हुनुभएको छ । एमालेको शनिबार भएको प्रथम वडा अधिवेशनबाट चौधरीको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटि चयन गरिएको हो । जस्को उपाध्यक्षमा धनी डाँगी , सचिवमा तेलाराम बुढाथोकी, उप सचिवमा श्यामलाल बूढा र तिलकराम नेपाली चयन भएको निर्वाचन अधिकृत राजिव ओझाले जानकारी दिनुभयो ।

त्यस अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिका १५ का वडाध्यक्ष लक्ष्मण चौधरीले नवनिर्वाचित कमिटिलाई कार्यकालको शुभकामना दिँदै पार्टीलाई बलियो बनाउन अझ मेहनत गर्न आग्रह गर्नुभएको थियो । उहाँले वडामा सर्वसम्मतबाट ऊर्जाशील नेतृत्व आएकोमा खुशी समेत व्यक्त गर्नुभयो ।

यस्तै नवनिर्वाचित अध्यक्ष रुपलाल चौधरीले आफूलाई पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्दै संगठन बलियो बनाउन लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

तपाईंको प्रतिक्रिया