एमाले तुलसीपुर नगर अधिबेशनको तयारी पुरा

 कार्तिक ०८, २०७८

तुलसीपुर । नेकपाको एमालेको महाधिबेशन अन्र्तगत पालीका तहको अधिबेशन भोली देशभर हुदै छ । गएको शनिवार वडाको अधिबेशन सकेको एमालेले भोली ९ गते पालीकामा अधिबेशन गर्दैछ । सोहि अनुसार दाङका पालीकामा पनि अधिबेशनको तयारी पुरा भएको एमाले दाङले जनाएको छ । उद्घाटन सत्र सकिएपछि बन्द सत्रले पालीकामा सर्बसम्मत रुपमा कमिटि चयन गर्नेछ । यता तुलसीपुरमा नगर अधिबेशनको तयारी पुरा भएको छ ।

नगरमा झण्डै ८ सय प्रतिनिधिको सहभागिता रहने एमाले क्षेत्र नम्बर ३ का ईन्चार्ज मान बहादुर रावतले जानकारी दिनुभएको छ । प्रतिनिधि कार्ड बनाउने देखि लिएर सबै काम सकिएको बताईएको छ । विहान ११ बजे दोघरे स्थित उद्योग बाणिज्य संघको सभाहलमा अधिबेशनको उद्घाटन हुने रावतले जानकारी दिनुभयो ।

अधिबेशनबाट ८५ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन हुने बताईएको छ ।।

तपाईंको प्रतिक्रिया