६ महिनाभित्र कोरोना खोप लगाइ सक्न प्रधानमन्त्रीको निर्देशन

 कार्तिक ११, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप ६ महिनाभित्र लगाइ सक्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । उनले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य अनुसार खोपको व्यवस्थापन गर्न पनि निर्देशन दिए ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण र खोप वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले बताए । प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोपका बारेमा अहिलेसम्मको अवस्थाका बारेमा प्रतिवेदन पेश गरेको थियो ।

प्रधानमन्त्री कार्यालयका सचिव न्यौपानका अनुसार स्वास्थ्य मन्त्रालयको तथ्यांकमा असोज मसान्तसम्म ३४ प्रतिशत नागरिकले कोरोना खोपको पहिलो डोज र २२ प्रतिशतले दुबै मात्रा लगाइसकेका छन् ।

तपाईंको प्रतिक्रिया