राप्ती प्रादेशिक अस्पताल सम्मानित
तुलसीपुर । तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल सम्मानित भएको छ । लुम्विनि प्रदेशका १३ अस्पताल मध्ये प्रादेशिक अस्पतालले तेस्रो स्थान हासिल गर्दै सम्मानित भएको हो । गएको बर्षमा न्युनतम सेवा मापदण्ड र कार्यप्रगतिको मुल्यांकनको आधारमा सम्मानित भएको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुबाट अस्पतालका नि.प्रमुख मेसु डा.विनोद सिंहले सम्मान ग्रहण गर्नुभएको थियो ।
यस अबसरमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले सबैमा धन्यवाद ब्यक्त गर्नुभएको छ । सेवालाई अझ प्रभावकारी बनाउन दक्ष जनशक्तिको ब्यवस्थापनमा सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
तपाईंको प्रतिक्रिया