जनतामाथि शासन चलाउनेहरु सत्तामा छन: विप्लव
तुलसीपुर । विप्लव निकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङको घोराहीमा आज देखि सुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले गर्नुभएको हो । सभालाई सम्बोधन गर्दै विप्लबले देशमा थुप्रै परीवर्तन भएपनि जनता माथिको शासन अन्त्य नभएको र त्यो परीवर्तन नचाहनेहरु नै अहिले सत्तामा रहेको उहाले बताउनुभएको थियो ।
जनताले आफ्नो अधिकार पाउने सपना अझै पुरा नभएकोले आफुहरु संघर्षको मैदानमा रहेको उहाले बताउनुभयो । उहाले जनता र स्वाधिनता माथि रजाँई गर्नेहरुलाई ठिक पार्नेे जिम्मा युवाको काधमा आएको बताउनुभयो ।
कार्यक्रम हुनु अघि घोराहीमा ¥यालीको आयोजना समेत गरिएको थियो । र्यालीमा एमसीसी खारेज गर, हाम्रोे देश हाम्रो हो अतिक्रमण गर्न पाईदैन जस्ता नाराहरु लगाएका थिए । सम्मेलन १५ गतेसम्म चल्ने छ ।
तपाईंको प्रतिक्रिया