अदालत परिसरमा वकिल र प्रहरी बिच झडप

 कार्तिक २५, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। झडपमा प्रहरीको लठ्ठी प्रहारबाट बार महासचिव लिलामणि पौडेल घाइते भएका छन्। उनको नाकमा चोट लागेको अधिवक्ता टिकाराम भट्टराईले बताए।

अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्। भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देु, चोलेन्द्रका मतियार होसियार, लगायतका नारा लगाउँदै निरन्तर आधा घण्टादेखि वकिलको प्रदर्शन चलिरहेको छ।

तपाईंको प्रतिक्रिया