एमाले अध्यक्ष केपी ओली चितवनमा

 मङि्सर ०९, २०७८

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुग्नुभएको छ । पार्टीको १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओली चितवन आज बिहीवार चितवन पुग्नुभएको हो ।

उहाँलाई भरतपुर विमानस्थलमा नेतारकार्यकर्ताले स्वागत गरेका छन् । यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ुबादलु पनि चितवनको सौराहा पुग्नुभएको छ । केही नेताहरू यसअघि नै चितवन पुगिसकेका छन् भने केही पुग्ने क्रम चलिरहेको छ । भोलि मङ्सिर १० गते शुक्रवारदेखि सुरु हुने महाधिवेशन १२ गतेसम्म चल्नेछ ।

तपाईंको प्रतिक्रिया