कांग्रेस दाङ जिल्ला हाक्न क-कसले उम्मेदवारी दिए ?

 मङि्सर १०, २०७८

तुलसीपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत दाङको निर्वाचनका लागी आज मनोनयन दर्ता भएको छ । जिल्ला निर्वाचन समितिका अनुसार जिल्लाको नेतृत्वका लागी ११७ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन समितिका कार्यवाहक संयोजक तथा प्रवक्ता युवराज बस्नेतका अनुसार सभापति पदका लागी चार जनाले मनोनयन दर्ता गराएका छन् ।

जसमा कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत, भुव बहादुर डाँगी र शंकर डाँगीले मनोनयन दर्ता गराउनु भएको छ । यस्तैगरी उपसभापतिका लागी सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदिप कुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञ बहादुर वली सुवाले मनोनयन दर्ता गराउनु भएको उहाले जानकारी दिनुभयो ।

यस्तैगरी सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । जसमा अर्जुनकुमार योगी, कृष्ण प्रसाद सुवेदी, बालिका लम्साल र सुर्यप्रकास राना, सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी , हरि प्रसाद भुसाल र सुवोध कुमार डाँगीले उम्मेदवारी दिनुभएको छ । निर्वाचनका लागी शनिवार विहान आठ बजेदेखी घोराहीको भरतपुरमा मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

तपाईंको प्रतिक्रिया