तुलसीपुरमा मंसिर २३ देखी प्रादेशिक महोत्सव हुँदै

 मङि्सर १५, २०७८

तुलसीपुर । तुलसीपुरमा प्रथम प्रादेशिक फेष्टीबल २०७८ संचालन हुने भएको छ । चन्द्रसुर्य यातायात प्रालि तुलसीपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी मंसीर २३ गतेदेखी २९ गते सम्म महोत्सव संचालन गर्न लागीएको जानकारी दिएको छ । पर्यटन प्रर्वद्धनको विकास गर्ने उद्देश्यका साथ तुलसीपुर ८ बरुवागाउँमा महोत्सव संचालन गर्न लागीएको महोत्सव मुल आयोजक समितिका संयोजक सम्भु रेग्मीले जानकारी दिनुभयो ।

गत वर्ष नै संचालन गर्ने तयारी भएपनि कोरोना माहामारीले गर्दा स्थगित भएको जानकारी दिदै उहाले यस वर्ष संचालन गर्न लागीएको बताउनुभयो । महोत्सवमा सांस्कृतिक प्रतियोगिता,खेलकुद प्रतियोगिता,अटोमोवाईलका स्टल,चर्खे पिङ,बालउद्यान लगाएतको प्रर्दशन हुने उहाले जानकारी दिनुभयो । उहाका अनुसार महोत्सवको आर्कषकका रुपमा प्याराग्लाईडिङ हुनेछ ।

महोत्सवबाट बचत भएको रकम शैक्षिक क्षेत्रमा लगानी गरिने आयोजकले बताएको छ । पत्रकार सम्मेलनमा चन्द्रसुर्य यातायात प्रालि तुलसीपुरका अध्यक्ष अरुण कुमार श्रेष्ठको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार गणेश आचार्यले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया