सेवा निवृत्त शिक्षककाे विदाई,आगन्तुककाे स्वागत

 मङि्सर १६, २०७८

तुलसीपुर । अमर माध्यमिक विद्यालय उरहरीले विदाई तथा स्वागत कार्यक्रम गरेको छ । विद्यालयमा लामो समय सम्म अध्यापनरत निवृत शिक्षक कर्मचारीलाई विदाई तथा सरुवा भै आउनुभएका शिक्षकलाई स्वागत गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा कार्यवाहक नगर प्रमुख भुप बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने बत्ताहरुले भेटिुनु र छुटिनु निरन्तर चल्ने प्रक्रिया भएको हुदा आगामि दिन शुखमय वितोस भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

सेवा निवृत्त शिक्षक

कार्यक्रममा सेवा निवृत्त शिक्षकहरु क्षेत्र बहादुर गिरी,अनन्त बहादुर बस्नेत, अमर विसी, कर्मचारीहरु डम्बर बहादुर बस्नेत, मधुसुधन खनाल,रुम बहादुर केसीलाई विदाइ गर्र्र्दै सम्मान पत्र, दोसल्ला ओढाई मायाको चिनो प्रदान गरिएको थियो । यसैगरी विद्यालयमा सरुवा भई आउनुभएका शिक्षकहरु देव बहादुर वली, यज्ञ बहादुर अधिकारी,डम्बर भण्डारी,विष्णु प्रसाद वली,पुष्पा आचार्य र कार्यलय सहयोगी विर्जुन चौधरी लाई स्वागत गरिएको थियो ।
शिक्षक गोमा कुमारी वालन क्षेत्रिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ठ अतिथि निबृत्त शिक्षक पदम प्रसाद न्यौपाने, शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगी,विदाई हुने शिक्षकहरु क्षेत्र बहादुर गिरी,अनन्त बहादुर बस्नेत, अमर विसी,लेखराज बस्नेत,स्वागत हुनेहरुको तर्फबाट शिक्षक देव बहादुर वली,वि.ब्य.सं समितिका सदस्य भागिराम चौधरी लगायतले बोल्नुभएको थियो । प्रधानाध्यापक पदमबहादुर वलीले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो भने सहिजकरण शिक्षक निर्मल कुमार वलीले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।।

सरुवा भइ अाउनुभएका शिक्षक

तपाईंको प्रतिक्रिया