वैवाहिक बर्षगाठको अवसरमा फलफूल र शैक्षिक सामाग्री वितरण

 मङि्सर १७, २०७८

तुलसीपुर । दाङको घोराहीमा एक दम्पतीले आफ्नो बैबाहीक बर्षगाठमा फलफूल, शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका ईन्जीनियर बिराज डिसि र मालती दसौतीले पाचौं बर्षगाठ र १६ गते परेको जन्मदिनको अबसरमा फलफूल, शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गरेका थिए ।

बालमन्दिर आधारभुत बिद्यालय घोराहीका रहेका बौद्धीक अपांगता भएका बिद्यार्थीहरुलाइ सामाग्री वितरण गरिएको हो । विभिन्न पार्टि प्यालेसमा गई फजुल खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा खर्च गर्नु उपयुक्त ठानेर सहयोग गरिएको डिसीले बताएका छन ।

तपाईंको प्रतिक्रिया