शिक्षक संगठन तुलसीपुरको दोस्रो अधिबेशन

 मङि्सर १८, २०७८

तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर कमिटीको दोस्रो नगर अधिबेशन सम्पन्न भएको छ । नगर अध्यक्ष पदम बहादुर वलिको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा अधिबेसन सम्पन्न भएको हो ।

त्यस अवसरमा बोल्दै प्रमुख अतिथि पाण्डेले समाज परीवर्तनमा शिक्षकको मुख्य भुमिका रहेको हुदा समयानुकुल शिक्षादिन आवस्यक रहेकोमा जोड दिनुभएको थियो । तुलसीपुर उपमहानरका नगरप्रमुख समेत रहनुभएका पाण्डेले प्रविधिले फड्को मारेको हुदा शिक्षकहरु पनि समय सापेक्ष अपडेट हुनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथी शिक्षक संगठनका लुम्बिनी प्रदेश सचिव भागवत पौडेल,जिल्ला अध्यक्ष दामोदर बस्नेत, एमालेका नेता टोपेन्द्र केसी, जिल्ला उपाध्यक्ष हुकुम बस्नेत लगायतले बोल्नुभएको थियो । उपाध्यक्ष कमल भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव होमराज डाँगीले गर्नुभएको नगर कमिटिका सह कोषाध्यक्ष शुष्मा भण्डारीले जानकारीदिनुभएको छ । अधिबेशनको बन्द सत्रले नँया कमिटि चयन गर्नेछ ।

तपाईंको प्रतिक्रिया