शिक्षक संगठन तुलसीपुरकाे अध्यक्षमा डागि, सचिवमा वली

 मङि्सर १८, २०७८

तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर कमिटीको अध्यक्षमा हाेमराज डागि चयन हुनुभएको छ । नगरकाे दोस्रो नगर अधिबेशनकाे बन्द सत्रले डागिकाे अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हाे । जस्काे महिला उपाध्यक्षमा लक्ष्मी पन्थी र पुरुष उपाध्यक्षमा प्रेम नेपाली चयन हुनुभएको छ ।

त्यस्तै सचिवमा निर्मल कुमार वली, सहसचिवमा बिमला डागि , काेषाध्यक्षमा ईश्वरी बहादुर खत्री , सहकाेषाध्यक्षमा इन्दिरा केसी चयन हुनुभएको हाे । नगर अध्यक्ष पदम बहादुर वलिको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा अधिबेसनकाे उद्घाटन सत्र सम्पन्न भएको थियोे ।

तपाईंको प्रतिक्रिया