तुलसीपुर महोत्सवको तयारी तिव्र

 मङि्सर २१, २०७८


तुलसीपुर । तुलसीपुरमा संचालन हुन लागेको महोत्सवको तयारी तिव्र पारिएको छ । तुलसीपुर चेम्वर अफ कर्मसको आयोजनामा स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहर देखी गाउँ सम्म व्यापार विस्तार भन्ने उद्देश्यका साथ आउदो पौष १ गतेदेखी १२ गते सम्म संचालन हुन लागेको तुलसीपुर महोत्सव २०७८ को तयारी तिव्र भईरहेको आयोजकले जानकारी दिएको छ । सचिवालय उपसमितिले मंगलवार महोत्सव स्थलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको थियो ।

चेम्वर तुलसीपुरका महासचिव तथा सचिवालय उपसमितिका संयोजक प्रेमप्रकास गिरीले प्रमुख अतिथि ल्याउने बारे छलफल, व्यापक प्रचारप्रसार, महोत्सव स्थल व्यवस्थित बनाउने,मतको कुवा, रोटे पिङ निर्माण लगाएतका कामहरु पनि भईरहेको जानकारी दिनुभयो ।

सोहि अवसरमा तुलसीपुर चेम्वरका सचिव तथा महोत्सव आयोजक शान्ती सुरक्षा तथा स्वयमसेवक उपसमितिका संयोजक ऋषि भण्डारीले विवादरहित ढङगले महोत्सव संचालन गर्ने तयारी गरेपनि तुलसीपुर क्षेत्रका फेन्सी व्यवसायीले विभिन्न कारण देखाउदै सम्वाद र समझदारीका साथ अघि बढ्ने बताउनुभयो ।

स्टल व्यवस्थापन उपसमितिका संयोजक युवराज नेपालीले अहिले सम्म फेन्सी पसल बाहेक अन्य १३० वटा स्टल बुकिङ भईसकेको र हुने क्रम अझै जारी रहेको जानकारी दिनुभयो ।
फेन्सी पसल बुकिङका लागी पनि बाहिरी क्षेत्रबाट माग भईरहेको जानकारी दिदै स्थानिय फेन्सी व्यवसायीलाई प्राथमिकता दिने गरी अहिले सम्म झन्डै दुई सय फेन्सी व्यापारीहरुको बुकिङ होल्डिङमा राखीएको उहाले बताउनुभयो । मंसीर २५ गते सम्म स्थानिय फेन्सी व्यापारीले स्टल बुकिङ नगरे बाहिरका व्यापारीको बुकिङ सुरु गर्ने जानकारी दिनुभयो ।

तुलसीपुर चेम्वर अफ कर्मसका उपाध्यक्ष रेणु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा तिन लाख दर्शकले महोत्सव अवलोकन गर्ने र पाँच करोडको आर्थिक कारोवार गर्ने लक्ष्य रहेको जानकारी दिईएको छ ।।

तपाईंको प्रतिक्रिया