तुलसीपुरमा प्रथम प्रादेशिक फेष्टिबल सुरु

 मङि्सर २३, २०७८

तुलसीपुर । दाङको तुलसीपुरमा प्रथम प्रादेशिक फेष्टिबल २०७८ सुरु भएको छ । चन्द्रसुर्य यातायात प्रालिको आयोजनामा तुलसीपुर ६ बरुवागाउँमा महोत्सव सुरु भएको हो । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी (सोनाम)ले गर्नुभएको हो । महोत्सव मुल आयोजक समितिका संयोजक शम्भु रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले तुलसीपुर बजार क्षेत्रलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कोरोना माहामारीको नयाँ भेरियन्टको जोखिमका बाबजुद महोत्सव संचालन हुन लागेको भन्दै यस प्रति विशेष ध्यान दिन उहाले आयोजकलाई आग्रह गर्नुभयो । महोत्सव मंसीर २९ गते सम्म जारी रहने आयोजकले बताएको छ । उद्घाटन कार्यक्रमको सहजिकरण पत्रकार गणेश आचार्यले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया