नेपाल बैंकको वित्तिय साक्षरताबारे कार्यक्रम

 मङि्सर २८, २०७८


तुलसीपुर । नेपाल बैंक लिमिटेड तुलसीपुर शाखाले वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । गोरखा स्कुल तुलसीपुरमा कक्षा १२ मा व्यबस्थापन शंकायमा पढ्ने विद्यार्थीहरुको लागी कार्यक्रम गरेको हो । बैंकका शाखा प्रमुख निरज न्यौपानेको अध्यक्षता तथा विद्यालयका प्रिन्सीपल विजयमान जिएमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुलाई बैंकिङ साक्षरता बारे जानकारी दिदै बैंकका सहायक प्रबन्धक सुमन लामिछानेले अबको कारोबार क्यासलेस हुनुपर्ने बताउनुभएको थियो ।

त्यसैगरी बैंकका सहायक अनिता भण्डारीले नेपाल बैंकको अनलाइनबाटै खाता खोल्न सकिने जानकारी दिनुभएको थियो । साथै नागरिक एप, अनलाईन डिम्याट खाता,ईन्टरनेट बैंकिङ्, क्यूआर कोडलगायतका डिजिटल सुविधा रहेको जानकारी दिनुभयो ।

राजेश गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महेन्द्र केसीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया