तुलसीपुर महोत्सवको तयारी अन्तीम चरणमा

 मङि्सर २८, २०७८


तुलसीपुर । तुलसीपुर चेम्बर अफ कमर्शले आउदो पुस १ गतेदेखि १२ गते सम्म आयोजना गर्न लागेको तुलसीपुर महोत्सव—२०७८को तयारी पुरा भएको जानकारी दिएको छ । महोत्सवक मुल आयोजक समितिले महोत्सवस्थल पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीवारे जानकारी गराएको हो ।

महोत्सवका सन्दर्भमा लगभग सवै तयारी भएको र अव मुख्य व्यानर , स्वागत गेट लगाएतका केहि काम बाँकी रहेको महोत्सव मुल आयोजक समितिका संयोजक टोप बहादुर घर्तिले जानकारी दिनुभयो । मन्च व्यवस्थापन देखी प्रमुख अतिथि, कलाकारहरुको आमन्त्रण, पत्राचार, सुरक्षा व्यावस्थापन, लगाएतका कामहरु पनि भएको उहाले जानकारी दिनुभयो ।

महोत्सवमा राष्ट्रियसभाका अध्यक्ष गणेस तिमिल्सना प्रमुख अतिथि रहने र विशिष्ठ अतिथिका रुपमा नेपाल च्याम्वर अफ कमर्शका केन्द्रिय उपाध्यक्ष आउने निधो भैसकेको पनि पत्रकार सम्मेलनमा बताइएको छ । त्यसैगरी मेलाको उद्घाटन समारोहलाइ रोचक र भव्य बनाउनका लागी पुरन्धारा देखि घोराही सम्मका विभिन्न जातिय संस्कृति झल्किने झांकिहरुको व्यवस्थापन र्भैसकेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा स्टल व्यवस्थापन उपसमितिका संयोजक युवराज नेपालीले महोत्सव स्थलमा ३ सय २५ वटा स्टल व्यावस्थापन गरीएकोमा २५ वटा स्टल कृषि प्रर्दशनीका रहेको जानकारी दिनुभयो ।

त्यसैगरी महोत्सवमा स्थानिय देखि राष्ट्रिय कलाकार सम्मको वेजोड प्रस्तुती रहने महोत्सव आयोजक सांस्कृतिक उपसमितिका सहसंयोजक प्रेमविवश घर्तिले जानकारी दिनुभयो । महोत्सवको उद्घाटनकै दिनदेखि समापनका दिन सम्मै कलाकारहरुको प्रस्तुती रहने छ । पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रासर उपसमितिका संयोजक ओपन्द्र बस्नेतले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया