अब घरमै बसेर कर तिर्न सकिने

 मङि्सर २९, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाबासीले अब घरमै बसेर मालपोत लगायतको कर तिर्न सक्ने भएका छन् ।
उपमहानगरपालिकाले सफ्टवयर कम्पनीसँग सम्झौता गरि मालपोत, घरबाहाल कर र सम्पत्ति कर लगायत बुझाउन कार्यालयमा जानुपर्ने बाध्यता हट्ने भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख भेषराज चन्दका अनुसार मोरु डिजिटल वालेटसँगको सम्झौता पछि अव उपमहानगरपालिकाको कार्यालय तथा वडामा आउनपर्ने बाध्यताको अन्त्य हुने छ । सुरुका दिनमासेवाग्राहीलाई केही प्राबिधि रुपमा मोरु डिजिटल वालेट प्रयोग गर्न समस्या हुने आकल गरि करिव ६ महिना जति कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सचेतना दिईने छ । मोरु डिजिटल वालेट मार्फत कर तिरेबाफत उपमहानगरपालिकाले १ रुपैयादेखि ५० हजार सम्मको सेवा शुल्क बाफत ५ रुपैया लिने शाखा प्रमुख चन्दले बताउनुभयो ।

मोरु डिजिटल वालेटको प्रयोग गर्न सके समयको बचत हुने मोरु अप्रसन तथा ब्यापार प्रमुख सुरेश पौडेलले बताउनुभयो । उपमहानगरपालिकामा झण्डै ७० देखि ७५ हजार जनाले बिभिन्न किसीमको कर सम्बन्धि सेवा लिने गरेका छन् ।
आर्थिक बर्ष २०७६÷७७ मा ५ सय ४६ जना बाट ४४ हजार १ सय ७४ र आर्थिक बर्ष २०७७÷७८ मा ३१ हजार ७ सय ३५ जना गरि जम्मा ७५ हजार ९ सय ९ जनाले सम्पत्ति कर बुझाएका हुन् ।
त्यस्तै,ब्यबसायीक कर दर्ता हुनेको संख्या ५ हजार ८ सय ७ जना मध्ये १ हजार ६ सय ८ जनाले मात्र आर्थिक बर्ष २०७७÷७८ मा कर तिरेका छन् । उनीहरुबाट ५४ लाख ६९ हजार २ सय रुपैया संकलन भएको तुलसीपुर उपमहानगरपालिका राजस्व शाखाले जनाएको छ ।
गत आर्थिक बर्ष २०७७÷७८ मा २५ करोड ६५ लाख ३६ हजार कर संकलन भएको थियो । चालु आर्थिक बर्षको ४ महिनामा १२ करोड राजस्व संकलन भएको राजस्व शाखाले जनाएको छ । यसप्रकारका कर बुझाउन अव तुलसीपुर उपमहानगरपालिकाको कार्यालय वा वडा कार्यालयमा जानुनपर्ने मोरु डिजीटल वालेट मोवाईल एपबाट सजिलै तिर्न सकिने एपका सञ्चालक बिनिल केसीले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया