तुलसीपुर महोत्सव सुरु

 पुष ०१, २०७८


तुलसीपुर । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले व्यावसायीक क्षेत्रमा स्वच्छ प्रतिष्प्रर्धा हुनु पर्ने बताउनुभयो । तुलसीपुर चेम्बर अफ कर्मशले दाङको तुलसीपुरमा आयोजना गरेको तुलसीपुर महोत्सव २०७८ को आज उदघाटन गदै उहाले हरेक क्षेत्रमा जस्तै व्यावसायीक क्षेत्रमा पनि स्वच्छ प्रतिष्प्रर्धा हुनु पर्ने बताउनु भएको छ । कसैलाई नाफा र कसैलाई घाटा हुने व्यवसायीक हितका लागी स्वच्छ प्रतिष्प्रर्धा हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल ओलीले व्यवसायिक एकताले मात्रै तुलसीपुरको विकास र समृद्धि सम्भव भएको बताउनुभयो । त्यसैगरी राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्मा अपारले महोत्सव मार्फत स्थानीय कला संस्कृति र पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले स्थानीय उत्पादन, कला र संस्कृतिको संरक्षण र जगेर्णा गर्न महोत्सवको आवश्यकता भएको बताउनुभयो ।

तुलसीपुरको नयाँ बसपार्कबाट सुरु भएको झाँकीजुलुस सहितको शोभायात्रा तुलसीपुर बजारको बाहिनीचोक, तुलसीपुर उपमहानगरपालिका रोड, वीरेन्द्र चोक विद्युत रोड हुँदै महोत्सव स्थलमा पुगेर सभामा परिनत भएको थियो । शोभायात्रामा विभिन्न संघ संस्था, विद्यालय, सामुदायिक वन, खानेपानी, शसस्त्र प्रहरी, जनपथ प्रहरी, ट्राफिक प्रहरी, इश्वरीय बह्रमकुमारी (ऊ शान्ति) क्लब, धार्मिक संस्थान, लगाएत एकसय बढी संघसंस्थाको सहभागिता रहेको थियो ।

त्यसैगरी महोत्सव स्थलमा स्थानीय मयुँर नाँच, सारङ्गी नाँच, पैसरी नाँच, अश्वाराको लाखे नाँच, थारु समुदायको बट्का नाँच, रैदास बाजा प्रस्तुत गरिएको थियो ।

महोत्सव मुल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेम प्रकाश गिरी र सचिव ऋषीराज भण्डारीले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन चेम्बरका उपाध्यक्ष वेनु अधिकारीले गर्नुभएको थियो । उद्योग, व्यापार, कृषी तथा पर्यटनको पर्वद्धन र विकास गर्ने उद्देश्यले बिहीबारबाट सुरु भएको महोत्सव १२ गतेम्म संचालन हुने छ ।

तपाईंको प्रतिक्रिया