विद्यालय कर्मचारी परीषद्काेे अधिबेशन भाेलि हुदैै

 पुष ०२, २०७८


तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् दाङको अधिबेशन भोली हुने भएको छ । जिल्ला समितिको बैठकले अधिबेशन सम्पन्न गर्ने निर्णय गरे अनुसार तयारी पूरा भएको परिषद्ले जनाएको छ । जिल्ला अध्यक्ष गाेविन्द जिसिकाे अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अधिबेशन घाेराहिकाे बाह्रकुने दहमा विहान ११ बजे हुने भएको हो । जिल्लाका सबै पालिकामा अधिबेशन सम्पन्न भएकोले जिल्लाकाे अधिबेशन हुन लागेको हाे । अधिबेशनले विद्यालय कर्मचारीकाे सेवा सुविधाका बारेमा एकरुपता ल्याउन कार्ययोजना पास गर्नेछ ।

अधिबेशनले नँया कार्यसमिति चयन गर्नेछ । केन्द्रीय बिधान अनुसार समिति चयन हुने अध्यक्ष जिसिले जानकारी दिनुभएको छ । साथै अधिबेशनको तयारी सबै पुरा भएको र उपस्थितीको लागी विद्यालय कर्मचारीहरुमा आग्रह गरिएको छ ।

तपाईंको प्रतिक्रिया