विद्यालय कर्मचारी परीषद्को जिल्ला अध्यक्षमा पुनः जिसी
तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् दाङको अध्यक्षमा पुनः गोविन्द जिसी चयन हुनु भएको छ छ । घोराहीको बाह्रकुने दहमा सम्पन्न जिल्लाको पाचौ अधिबेशनको बन्द सत्रले जिसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो । जस्को उपाध्यक्षमा माधव पराजुली र लिला कुमारी वली,सचिवमा तप्त प्रसाद शर्मा, कोषाध्यक्षमा पुर्ण बहादुर विक,सह सचिवमा निम बहादुर वली, सहकाेषाध्यक्षमा बसन्त कुमाल चयन हुनुभएको छ ।
समितिको सदस्हरुमा प्रेम कुवर, देवेन्द्र सीं ठकुरी, लिला विक ,रुक्मान घर्ति मगर रहनुभएको छ । साथै अधिबेशनको बन्द सत्रले जिल्लाका पालीकामा विद्यालय कर्मचारीको हक अधिकार सगैं सेवा सुविधामा एक रुपता ल्याउनका लागी योजनाका साथ अघि बढ्ने निर्णय समेत गरेको छ ।
जिल्ला अध्यक्ष गोविन्द जिसिको अध्यक्षता तथा परीषद्का लुम्बिनी प्रदेश उपाध्यक्ष डम्बर वलीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रम नेपाल राष्टिय शिक्षक संगठनका सचिव मिनराज शर्मा, शिक्षक संघका सचिव प्रकास डाँगी, परीषद्का केन्द्रीय सदस्य घन बहादु रावत, विद्यालय कर्मचारी नरदेव आचार्य, लगायतले बोलेका थिए ।
कार्यक्रममा परीषद्मा रहेर काम गरेको भन्दै तुलसीपुरबाट क्षेत्रबाट मित्रलाल शर्मा, बसन्त परियार,लिला कुमारी वली, रीता चौधरी, घोराही क्षेत्रबाट लक्ष्मण चौधरी,बसन्त डिसी, पुर्ण विक, देवेन्द्र सिंह ठकुरी, घन बहादुर रावत, निर्मला अधिकारी लगायत ११ जनालाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
उपाध्यक्ष माधव पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण केशव केसीले गर्नुभएको थियो ।



तपाईंको प्रतिक्रिया