प्राथमिक तहको शिक्षकका लागि विज्ञापन आब्हान

 पुष १४, २०७८

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि विज्ञापन गरेको छ । आयोगले खुल्लातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गरेको हो । विज्ञापन आजको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिएको आयोगले जनाएको छ ।

इच्छुक उम्मेदवारले भोलिदेखि माघ १३ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् ।
विज्ञापन हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=33&fn=Primary%20bigyapan%20%20final%202078-09-14.pdf

तपाईंको प्रतिक्रिया