वीरेन्द्र माविकाे नवनिर्मित भवनको उद्घाटन

 पुष १६, २०७८

तुलसीपुर, १६ पुष । तुलसीपुर उपमहागनरपालिका १ स्थित वीरेन्द्र माध्यामिक विद्यालय भ्युडर सुनपुरमा निर्माण गरिएको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । दुई कोठे भवनको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले विद्यालयलाई प्राविधिक शिक्षाको हवका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विद्यालयको भौतिक पुर्वाधार विकासदेखि प्राविधिक शिक्षका लागि विकास गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट सबै खाले सहयोग गर्न तयार रहेको बताउँदै त्यसका लागि कार्यदल गठन गरेर योजना बनाउन आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका–१ का वडाध्यक्ष लक्ष्मण भण्डारी, समाजसेवी विनोद शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष द्धोय प्रेम राज न्यौपाने, चुडामणी ढकाल, विद्यालय प्रधानाध्यापक टोपबहादुर बुढाथोकी, छात्रछात्राहरु सुमित्रा आचार्य, मोहन केसी र चन्द्रकला केसी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमो संचालन विद्यालयका शिक्षा जित बहादुर गरिले गर्नुभको छ । सो अवसरमा विभिन्न प्रतियोगितामा प्रथम, दृतिय र तृर्तिय हुनेलाई पुरस्कृत गरिएको थियो ।

तपाईंको प्रतिक्रिया