तुलसीपुरका विद्यालयमा पौष २५ देखि माघ ३ सम्म विदा

 पुष २३, २०७८

तुलसीपुर । तुलसीपुरमा बिद्यार्थी र शिक्षकमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको हुदा बिद्यालयहरु बन्द गर्ने निर्णय भएको छ । आज उपमहागरमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

पौष २५ देखि माघ ३ गते सम्म बिद्यालय बन्द गर्ने निर्णय भएको बैठकमा सहभागी शिक्षक पुर्ण पुनले जानकारी दिनुभएको छ । विद्यालयमा कोरोना जोखिम बढेको र माघि पर्व नजिकिएको हुदा विद्यालय बन्द दिईएको हो । बैठकमा शिक्षा समितिका संयोजक कुमार लामीछाने,शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारी लगायतको सहभागीता रहेको थियो ।

यस अघि तुलसीपुरमा अश्वारा मावि, सेन्टर मावि र तुलसीपुर ४ को गुरुजजुर नमुना माबिका बिद्यार्थी तथा शिक्षकमा संक्रमण देखिएपछि ती बिद्यालय एक हप्ता दिनका लागि बन्द गर्ने निर्णय भएको थियो ।

तपाईंको प्रतिक्रिया