भारतमा थपिए २ लाख ६४ हजार नयाँ कोरोना संक्रमित

 पुष ३०, २०७८

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्यामा फेरि ठूलो उछाल आएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् ।

जुन संख्या बिहीबार थपिएका संक्रमितको तुलनामा ६।७ प्रतिशत हो । त्यहाँ हाल कोरोनाको संक्रमण दर १४।७८ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् । तर भारतमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढे पनि मृत्यु हुनेको संख्या भने निकै कम छ । त्यहाँ पछिल्लो २४ घण्टामा २१९ जना संक्रमितको मृत्यु भएको छ भने १ लाख ९ हजार ३४५ जना कोरोनामुक्त भएका छन् ।

तपाईंको प्रतिक्रिया