तुलसीपुरमा ३२ जनामा कोरोना संक्रमण

 माघ ०४, २०७८

तुलसीपुर । तुलसीपुरमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार तलसीपुर मेट्रो अस्पताल, राप्ती प्रादेशिक अस्पताल र कन्ट्रयाक टेस्रिङ गरी ६५ जनामा गरिएको एन्टीजेन परिक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

मंगलबार संक्रमण पुष्टि हुनेमा १३ वर्ष उमेरदेखि ७५ वर्ष उमेर समूहका विद्यार्थी ३ जना, शिक्षक दुई जना, स्वास्थ्यकर्मी एक जना र अन्य व्यक्तिहरु रहेका छन् । यो संगै तुलसीपुरमा संक्रिय संक्रमितको संख्या २२० जना पुगेको छ भने आज ४१ जनाले कोरोना जितेका छन् ।

तपाईंको प्रतिक्रिया