त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन पहिलो साता देखि सुरु

 माघ १९, २०७८

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएकाे छ । 

परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधवार  एक सुचना निकालेर कारोना सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ ।  यसअघि त्रिविले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो ।

तपाईंको प्रतिक्रिया