आधारभुत विद्यालय बेलझुण्डीमा एक लाखको अक्षयकोष स्थापना

 माघ २३, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १७ निवासी झगेन्द्र बहादुर खत्री र चम्पादेबि खत्रिले स्वर्गिय आमा बुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । स्वर्गिय गिरीराज खत्रि र चेत कुमारी खत्रिको सम्झनामा आधारभुत विद्यालय बेलझुण्डीमा एक लाख पँच रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । विपन्न तथा गरीव विद्यार्थीलाई छात्रबृत्ति दिने गरी कोषको स्थापना गरेको अक्षयकोषदाता झगेन्द्र बहादुर खत्रीले बताउनुभएको छ ।

यसैविच सरस्वती पुजाको अवसरमा उक्त विद्यालयमा सरस्वतीको मुर्ति उद्घाटन गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका पुर्वअध्यक्ष टोप बहादुर जनैदारको अध्यक्षता तथा तुलसीपुर नगर शिक्षा समितिका संयोजक कुमार लामिछानेको प्रमुख आतिथ्यता एवं वडाध्यक्ष थलराज पुरीको बिशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण प्रधानाध्यापक ढक बहादुर वलीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया