दाङमा फागुन १ देखि विद्यालय सञ्चालनमा आउने

 माघ २८, २०७८

तुलसिपुर । दाङमा फागुन १ देखि भौतिक उपस्थितीमा रुपमा पठन–पाठन सञ्चालन हुने गरि विद्यालय सञ्चालनमा आउने भएका छन । कोभिड शंकट व्यबस्थापन केन्द्र दाङको शुक्रबार बसेको बैठकले १२ बर्ष पूरा भएका बिदयार्थिको हकमा भने नियमित कक्षा सन्चालन गर्ने निर्देशन दीएको छ । तर १२ बर्ष पुरा नभएका विदार्थीहरुको हकमा भने आलोपालो गरेर कक्षा सञ्चालन गर्न आदेश दीएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दीनुभएको छ ।

होटेल, रेष्टुरेन्ट, डान्सबारलगायत रात्रीकालीन व्यबसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल तथा फुटसल आदी जनस्वास्थ्य तथा स्वास्थ्य मापदण्ड पालना गरी राति ९ बजे सम्म सञ्चालन गर्न अनुमति दीएको उहाँले जानकारी दीनुभएको छ ।

यस्तो छ आदेश

तपाईंको प्रतिक्रिया